ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रमोद खरेलको गीत गाउँदै  योगेश भट्टराईले गरे नेपाली काँग्रेसलाई व्याङ्ग्य

२०७९ माघ, ५  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गायक प्रमोद खरेलको गीत गाउँदै  नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली काँग्रेसलाई व्याङ्ग्य गरेका छन् ।

संसदमा जारी सभामुख चयन प्रक्रियामा आफ्ना उमेद्वारको समर्थनमा बोल्दै उनले प्रधानमन्त्रीमा विश्वसको मत दिएपनि सभामुख चयनमा प्रतिश्पर्धा गर्दा संका उत्पन्न भएको बताए । 'काँग्रेसको भूमिका देख्दा  प्रोमोद खरेको गीतको याद आयो , 'मायाँ गर्ने मुटुले हो निदारले होइन'  मुटु देखिनै मत दिएको भए त ठिकै होला,' उनले भने ।

उनले काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन् । वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि काँग्रेसप्रति लक्षित गर्दै काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताएका हुन् । उनले काँग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको दाबी गरे । उनले काँग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गर्नुभयो ।

‘यहाँ दिने र लिनेको पनि कुरा भयो, आज धेरै तीतो इतिहास नसम्झिऔँ भन्ने लागेको थियो । फेरि पनि सम्झना गर्ने बाध्यता आयो । नेपाली काँग्रेस र नेकपा एमालेको सम्बन्ध त्यस्तै छ ।  विगत हेर्ने हो भने एमाले सबैभन्दा बढी दिने र नेपाली काँग्रेस सबैभन्दा बढी लिने दलमा चिनिन्छ । २०७२ को संविधान बनाउँदा के भनिएको थियो, बनेपछि आज के भयो त्यो पनि सम्झिनुपर्छ,' उनले भने, 'अहिले राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन । हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो । यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन, त्यो बेला नै सर्वसम्मत हुनुपर्दथ्यो । प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । निधारले हो भने केही भन्न सकिँदैन ।’

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उहाँलाई सभामुखमा निर्वाचित गर्न आग्रह गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)