काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसको तर्फबाट सभामुखका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्ने भएको छ ।
बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन् । उनले सरकार र सत्तारूढ दलहरूको गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आएको बताए ।
गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेको नामै लिएर उनीहरूको रेकर्ड हेरेर पनि मुलुक संकटमा पर्ने अवस्था आएको नेता केसीले बताए । नेता केसीले लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने अवस्था आएकाले शक्ति केन्द्रहरूले मुलुकमा खेल्न सक्ने अवस्था रहेको समेत जिकीर गरे ।
नेता केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाइँ लडेकाहरूलाई अपमान गर्ने अवस्था आउनु भनेको मुलुकका लागि हितकर नभएको बताए । उनले नेपाली कांग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनी प्रश्नसमेत गरे ।