ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

श्रममन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छुः गृहमन्त्री

२०७९ माघ, ५  
समाचार
Jagdamba Supershine Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलेयस्तो बताएका हुन । उनलेअभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ यसमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताए । 
‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु । राज्यका निकायहरुलाई निरिह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउनेछ,' उनले भने 'गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’ 

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाउनुभएको छ भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनलेश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिनपनि आग्रह गरे ।

श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उहाँको बिरोध भएको थियो । उनलेसंलग्न भएको पाए खबर गर्न र संलग्न पाए आफैँ पहिलो कारबाही गर्ने उनले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)