ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेशनल लाइफ इन्स्योरेन्सको २ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

२०७९ माघ, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख १ हजार ८२० कित्ता संस्थापक शेयर माघ ६ गतेदेखि लिलामीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको उल्लेखित कित्ता शेयर माघ १३ गतेसम्मका लागि लिलामीमा आएको हो ।

प्रतिकित्ता ३५० रूपैयाँ मूल्य तोकिएको यो शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर विक्री खुला गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याईएको हो । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)