ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शाइन रेसुङ्गा डेभलपमेण्टको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा 

२०७९ माघ, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक शेयर माघ ६ गतेदेखि विक्रीमा आएको छ ।

कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर माघ १३ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यो शेयरको न्यूनतम मूल्य १५० रूपैयाँ तोकिएको छ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यस डेभलपमेण्ट बैंकको विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म यो शेयर खरीदको लागि माग गर्न सकिने व्यवस्था छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरेको थियो । सो अवधिमा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो । 

कम्पनीको यो शेयर प्राप्त गर्ने शेयरधनीहरूले माघ ६ गतेपश्चात कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)