ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिन्धु विकास बैंकको तह्रौं वार्षिक साधारण सभा माघ २७ मा, बुक क्लोज कहिले ?

२०७९ माघ, ६  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिन्धु विकास बैंकले तेह्रौं वार्षिक साधारण सभा माघ २७ गते गर्ने भएको छ ।

सभा होटल सारथी धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले यस बैंक र अनय कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती प्रयोजनको लागि सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गर्ने जानकारी दिएको हो । यस बुक क्लोजको आधारमा माघ १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)