ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बम्पर लाभांश पारितका लागि रिडी पावरले बोलायो माघ २९ साधारण सभा,बुक क्लोज कहिले ?

२०७९ माघ, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा माघ २९ गते गर्ने भएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी कम्पनीले दिएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनीले साझा पावर डेभलपमेण्ट प्राईभेट लिमिटेडको सम्पूर्ण शेयर खरीद गर्ने र कम्पनीको नाममा रहेका पुराना सवारी साधन मेसिनरी विक्री गर्ने वा भाडामा दिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा माघ  १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)