काठमाडौं । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासघंले जनाएको छ ।
यो मूल्य अहिले सम्मकै उच्च मूल्य भन्दा ३०० रुपैयाँ मात्र कम हो । सुनको मूल्य २०७८ को फागुनमा अहिले सम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो । गत मङ्सिर २३ गतेपछि सुनको मूल्य तोलाको १ लाख रुपैयाँ भन्दा माथि रहँदै आएको छ । अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि यसको असर परेको व्यवसायीहरू बताउँछन् ।
नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार अघिल्लो दिन अर्थात बिहीवार सुन तोलाको १ लाख ४ हजार ५०० रुपैयाँमा करोबार भएको थियो ।
आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । बिहीवार चाँदी तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।