काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयनसम्बन्धी सफ्टवेयरले फैसला कार्यान्वयन प्रभावकारी हुने बताएका छन् ।
शुक्रवार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयनसम्बन्धी सफ्टवेयरको शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘उक्त सफ्टवेयरको माध्यमबाट मुद्दाका सम्बन्धित पक्षहरूको प्रचार, निजको दण्ड जरिवानालगायत कुरा एकीकृत रुपमा हेर्न सकिने भएकाले यसले फैसला कार्यान्वयनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भने ।