ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

२०७९ माघ, ७  
बागमती प्रदेश
Jagdamba Supershine NA

चितवन । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेदेखि थालनी गर्ने भएको छ । नक्सांकन, निरीक्षण, माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार शुरूआती चरणमा आन्तरिक तयारीका कारण काम शुरू गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उनले जानकारी दिए ।

‘फिल्डमा काम माघ १६ गतेदेखि हुन्छ । अहिले आवश्यक मजदूर र उपकरण तयारी गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कामको शुरुआत केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने उनले बताए ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस ट्रमिनल–गोन्द्राङ, केन्द्रीय बस ट्रमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम हुनेछ । रू. एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको छ ।

भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)