ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले बुझाए खर्च विवरण

२०७९ माघ, ७  
लुम्बिनी प्रदेश
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

रुकुम । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुकुमबाट उम्मेदवार भएकाहरूले चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय रुकुमका अनुसार अहिलेसम्म १२ उम्मेदवारले चुनावको खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउनेमा ६ जना प्रतिनिधि र ६ जना प्रदेशसभा सदस्यका उम्मेदवार रहेको कार्यालयले बताएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा माओवादी केन्द्र्रका जनार्दन शर्माको चुनावी खर्च २३ लाख ९८ हजार ५२४ भएको उल्लेख छ । त्यस्तै प्रतिनिधिसभाका अर्का उम्मेदवार नेकपा एमालेका नन्दराम देवकोटाको खर्च ९ लाख ८९ हजार ४५५, मंगोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनको २९ हजार ६५० र स्वतन्त्र उम्मेदवार तारक केसीको खर्च ६ लाख ८५ हजार, स्वतन्त्र उम्मेदवार राजन पाण्डेको १ लाख ८ हजार ९५० र राप्रपाका दीपककुमार मल्लको चुनावी खर्च २ लाख १२ हजार ४५९ रुपैयाँ रहेको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिएकी छिन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले जिल्लामा अधिकतम ३१ लाख खर्च गर्न पाउने अधिकार थियो ।

त्यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ मा विजयी नेकपा माओवादी केद्रका महेन्द्र केसीको चुनावी खर्च रू. ५ लाख ९९ हजार ९५८, नेकपा एमालेका नारायणकुमार शाहको ८ लाख २२ हजार २७५ र राप्रपाका उम्मेदवार विनोदकुमार शाहको चुनावी खर्च १ लाख ३७ हजार ६४० रुपैयाँ रहेको कार्यालयले बताएको छ ।

प्रदेशसभा २ मा विजयी नेकपा माओवादी केन्द्रका राजकुमार शर्माको खर्च ८ लाख ८ हजार ७३ रुपैयाँ, नेकपा एमालेका कर्णबहादुर घर्तीको ६ लाख १४ हजार १६५ र राप्रपाका उम्मेदवार निर्जल केसीको चुनावी खर्च १ लाख ३२ हजार ७०० रहेको निर्वाचन अधिकारी मल्लले जानकारी दिइन् ।

जिल्लाको प्रदेशसभा १ मा प्रतिउम्मेदवार चुनावी खर्च अधिकतम २१ लाख र २ मा अधिकतम १७ लाख रुपैयाँ रहेको पाइएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका ६ जनाको धरौटी जफत भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)