ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘सुरक्षित हवाई सेवाका लागि चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक’

२०७९ माघ, ७  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघले सुरक्षित हवाई सेवाका लागि चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक रहेको बताएको छ । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना भएपछि परिसंघले हवाई क्षेत्रको नियमन र अनुगमन चुस्त हुनुपर्ने बताएको हो ।

परिसंघले दुर्घटनाले परिसंघ परिवारलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै सुरक्षित हवाई सेवाका लागि चुस्त नियमन हुनुपर्ने बताएको हो । कोभिडपछि पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा हवाई दुर्घटनाले पनि असर पुर्‍याउन सक्ने भन्दै परिसंघले चिन्ता व्यक्त गरेको छ ।

विगतमा पनि नेपालमा भएका आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई दुर्घटनापछि त्यसको नकारात्मक असर पर्यटन उद्योगमा परेको भन्दै परिसंघले दुर्घटनाहरूले पर्यटन क्षेत्रलाई सुस्त बनाउने जोखिम निम्त्याएको उल्लेख गरेको छ ।

दुर्घटना हुन नदिन सरकारले नेपालको हवाई सुरक्षामा आफू सजग र गम्भीर रहेको सन्देश राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायमा प्रवाह गर्नुपर्ने परिसंघको भनाइ छ । माघ १ गते भएको दुर्घटनाको छानबिनमा अन्तरराष्ट्रिय विज्ञहरूको संलग्नता हुँदा छानबिन वस्तुनिष्ठ हुने र अन्तरराष्ट्रिय जगत्मा सकारात्मक सन्देश जाने परिसंघले सुझाव दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)