ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नगद मार्जिन खारेजीको स्वागत

२०७९ माघ, ७  
विविध
Tvs Raider Image Not Found

काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयात एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने गरी १३ महीनाअघि लागू गरेको नियम खारेज गरेकोमा स्वागत स्वागत गरेको छ ।

१३ सयभन्दा बढी वस्तु आयातको लागि एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायको लागत बढाई आर्थिक क्रियाकलाप नै खुम्च्याइदिएको संघको भनाइ छ । त्यसको परिणामस्वरूप सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पनि विज्ञप्तिमा उल्लेख छ । नगद मार्जिन खारेजीले व्यवसायको लागत घटाउने र आर्थिक क्रियाकलाप बढाउने अपेक्षा संघले गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी आयातको भुक्तानी टीटी, डीडी, डीएपी र डीएएजस्ता माध्यमबाट समेत गर्न पाउने प्रावधानले व्यापार सहजीकरण तथा लागत कटौतीमा योगदान पुग्ने संघको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)