ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपालमा वार्षिक ४ लाख ८० हजार मेट्रिक टन चामल अपुग

२०७९ माघ, ७  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । नेपालमा वर्षेनि ४ लाख ८० हजार मेट्रिक टन चामल अपुग हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक रूपमा करीब ५५ लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुने गरेको अवस्थामा वार्षिक ४ लाख ८० हजार टन चामल अपुग हुने गरेको हो ।

मन्त्रालयका अनुसार नेपालीले चामल, मकै, गहुँ, कोदो र फापरसहितको आवश्यकताका हिसाबले प्रतिवर्ष प्रतिव्यक्ति करीब १ सय ८१ किलो खाद्यान्न उपभोग गर्छन् । त्यस हिसाबले चामलको मात्रै उपभोग प्रतिवर्ष प्रतिव्यक्ति १ सय २१ किलो हुने भए पनि नेपालमा १ सय ३७ किलो चामल उपभोग भइरहेको छ । तसर्थ वार्षिक रूपमा नेपालमा करीब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने देखिन्छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा वार्षिक ५५ लाख मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने कुरालाई आधार मान्दा यति धानमा ६४ प्रतिशतलाई मिलिङ प्रतिशत मान्दा ३५ लाख २० हजार टन चामल स्वदेशमा उत्पादन हुन्छ । त्यस हिसाबले अपुग चामलको परिमाण ४ लाख ८० हजार टन पुग्ने उनको भनाइ छ ।

चामलमा आत्मनिर्भर हुन मन्त्रालयले धानको उत्पादन बढाउने खालका विभिन्न कार्यक्रम अघि सारेको छ । त्यसका लागि मन्त्रालयले हाल मसिना तथा बासनादार धान प्रवद्र्धन कार्यक्रम, चैतेधान प्रवद्र्धन कार्यक्रम र उन्नत जातको धानको बीउ विकासका लागि अनुसन्धानात्मक कार्यक्रम शुरू गरेको छ । तर, त्यस्ता कार्यक्रम अझै प्रभावकारी हुन सकेका छैनन् । चामलमा आत्मनिर्भरता बढाउन पहिलो कुरा धान उत्पादनको क्षेत्र विस्तार गर्नुपर्ने भए पनि दिनप्रतिदिन खेतीयोग्य जमीन घडेरीमा परिणत हुँदै गएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् । उनका अनुसार उत्पादन बढाउन सरकारले समर्थन मूल्यको कार्यान्वयन प्रभावकारी ढंगले गर्नुपर्ने र चैतेधानको पनि समर्थन मूल्य तोक्नुपर्छ । समर्थन मूल्यको कार्यान्वयन प्रभावकारी नहुँदा किसानले सास्ती खेप्नुपरेकाले पनि किसानमा निराशा छाएको उनको भनाइ छ । त्यसैले चैतेधानको समर्थन मूल्य तोकेर किसानको खेतमै गएर धान किन्नुपर्ने व्यवस्था सरकारले मिलाउनुपर्नेमा उनले जोड दिए । अपुग भएको चामलको आवश्यकता पूरा गर्न करीब ५ लाख मेट्रिक टन आयात गरे पुग्ने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)