ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नबिल बैंकको नाफा ३ अर्बभन्दा बढी, निष्क्रिय कर्जा बढ्यो

२०७९ माघ, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले ३ अर्ब ४१ करोड ७६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिमा करिब ५७ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २ अर्ब १८ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा ५६ प्रतिशत बढेको छ । गत वर्ष ३ अर्ब ११ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ९७ करोड १३ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा वितरणयोग्य नाफा भने घटेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी रहेको थियो ।

१८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ पुगेको छ । रिटेन्ड अर्निग १ अर्ब २४ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम २५ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी छ । 

कम्पनीले गत वर्षभन्दा यस वर्ष साढे ६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १७ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष ३ खर्ब ४७ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ५१ करोड ६४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

कम्पनीको निष्क्रिय कर्जा भने गत वर्षभन्दा यस वर्ष बढी भएको छ । गत वर्ष १ दशमलव ११ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९८ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २५ रूपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रूपैयाँ १२ पैसा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)