ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

साढे १ खर्बभन्दा बढी निक्षेप संकलन गरेको सानिमा बैंकको नाफा १ अर्बभन्दा बढी 

२०७९ माघ, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष १९ दशमलव ३४ प्रतिशत बढी खुद नाफा गरेको हो । 

बैंकको वितरणयोग्य नाफा यस अवधिसम्म ९६ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ५७ करोड ८२ लाख रूपैयाँभन्दा बढी रहेको थियो । 

गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा २१ दशमलव ४२ प्रतिशत बढेको छ । गत वर्ष १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ८२ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । 

१० प्रतिशत बोनस शेयरपछि बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ पुगेको छ । बैंकको रिटेन्ड अर्निङ ९६ करोड ३७ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ४ अर्ब ६२ करोड रूपैयाँभन्दा बढी छ । गत वर्षभन्दा यस वर्ष बैंकले १ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने ५ दशमलव २९ प्रतिशत कर्जा प्रवाह गरेको छ । १ खर्ब ५९ अर्ब २० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४३ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

गत वर्ष शून्य दशमलव ३१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष शून्य दशमलव ७७ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २० रूपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १४४ रूपैयाँ ८२ पैसा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)