ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कर्जा लिएर ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता : गभर्नर अधिकारी

२०७९ माघ, ७  
समाचार
Jagdamba Supershine Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा गभर्नर अधिकारीले बैंकहरूबाट कर्जा लिनेहरू संगठित भएर कर्जा तिर्नुपर्दैन भन्नु अराजकताको माथिल्लो रूप भएको बताएका हुन् । 

उनले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौती देखिएको बताए । वाणिज्य बैंकहरूको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए । 

‘यस्ता कुराहरूले समग्र बैंकिङ प्रणाली तथा अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो बेथिति ल्याउँछ,’ उनले भने, ‘ऋण लिएर तिर्नु पर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ? नेपाल राष्ट्र बैंक यो विषयमा सचेत र सतर्क छ ।’ 

व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गरे । यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने र राष्ट्र बैंक यो विषयमा सतर्क र सजग रहेको उल्लेख गरे । 

गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढंगले जानुपर्ने बताए । उनले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसारको वित्तीय कारोबारको आवश्यकता भएको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)