ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

त्रैमासिक राष्ट्रिय लेखाको तयारी

२०७९ माघ, ८  
१० वर्ष अघि
Tvs Raider NA

नेपालको राष्ट्रिय लेखा तथ्यांक अब तीनतीन महिनामा निकालिने भएको छ । ढिलामा अबको एक वर्षभित्र यो तयार हुने केन्द्रीय तथ्यांक विभाग राष्ट्रिय लेखाशाखा प्रमुख सुमनराज अर्यालले जानकारी दिए । ‘यसका लागि अहिले धेरै काम भइसकेको छ,’ उनले भने । यसपछि नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) स्थिति पनि त्रैमासिक रूपमा नै आउनेछ ।

तर, यो लेखाविवरण तयार गरिसकेपछि तुरुन्तै सर्वसाधारणलाई भने उपलब्ध नगराउने पनि अर्यालले बताए । उनका अनुसार एक वर्षपछिदेखि मात्र यसलाई नियमित रूपमा सर्वसाधारणका लागि प्रकाशित गरिने सम्भावना छ । ‘प्राविधिक रूपमा यो धेरै संवदेनशील भएकाले विभागको प्राविधिक कमिटीले यसको गुणस्तरबारे पहिले अध्ययन गर्नुपर्छ । त्यसपछि अर्थतन्त्रमा आउने व्यावहारिक परिवर्तनको अध्ययन गरेर मात्र यस्तो प्रतिवेदन नियमित प्रकाशित हुने व्यवस्था गरिनेछ,’ अर्यालले भने । विश्वका अन्य देशमा पनि त्रैमासिक राष्ट्रिय लेखा निकाल्नुअघि यस्तै अभ्यास गरिएको पाइन्छ । नेपालमा राष्ट्रिय लेखा तथ्यांक अहिले वार्षिक रूपमा निकालिँदै आएको छ ।  

 वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)