ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पोषणका स्रोतमा सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

२०७९ माघ, ८  
विविध
Tvs Raider NA

काठमाडौं । गरीबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री दाहालले सरकारको निरन्तर प्रयास हुँदाहुँदै पनि नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको बताउनुभयो । प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुग्ने अवस्था रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

‘तथ्यांकअनुसार सन् २०१९ मा पाँच वर्षमुनिका ३२ प्रतिशत बालबालिकाले उमेर अनुसारको उचाइ प्राप्त गर्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘उमेरअनुसार प्रोटिनको जति आवश्यकता हुन्छ, सोअनुसारको उपलब्ध हुन नसक्दा यस्ता समस्या हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरीबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको पाइन्छ ।’

पहिलो एक हजार दिनमा बालबालिकालाई उपलब्ध हुने पोषणले उनीहरूको समग्र स्वास्थ्यमै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको उहाँले उल्लेख गर्नुभयो । गर्भवती महिला र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जानकारी उहाँले दिनुभयो । पोल्ट्री उद्योगले अण्डा र मासुमार्फत प्रोटिनको आपूर्तिमा योगदान पुर्‍याएको र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेको उहाँले बताउनुभयो ।

‘पोल्ट्री उद्योगले बर्ड फ्लूलगायत रोग, कच्चापदार्थको मूल्य, औषधिलगायतको समस्या भोगिरहेकोबारे सरकारलाई अवगत छ,’ उहाँले भन्नुभयो, ‘यी समस्या समाधान गरी पोल्ट्री उद्योगलाई थप सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)