ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हिउँदे वर्षा नहुँदा सुक्न थाल्यो बाली

२०७९ माघ, ८  
गण्डकी प्रदेश
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

म्याग्दी । लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउलगायत) बाली सुक्न थालेको छ । यस वर्ष म्याग्दीमा बर्खेबाली (धान र कोदो)को उत्पादनमा कमी आएको छ । हिउँदेबाली पनि सुक्न थालेपछि उत्पादनमा कमी आउने भन्दै यहाँका किसान चिन्तित भएका छन् ।

पानी नपर्दा हिउँदेबाली सुक्न थालेको हो । यस वर्ष गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु र तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले बताए । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश किसान उत्पादनमा कमी आउने भन्दै चिन्तित बनेका छन् ।

यहाँ करीब ९ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । म्याग्दीमा ५२ प्रतिशत जमीनमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँबाली समेत लगाउन नपाएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । लामो समयसम्म पानी नपर्दा र सिँचाइ सुविधा पनि  नभएको क्षेत्रमा हिउँदेबाली सुक्न थालेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)