ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

साना तथा मझौला उद्यमी सम्मेलन हुँदै

२०७९ माघ, ८  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी सोमवार साना तथा मझौला उद्यमी (एसएमई) सम्मेलन गर्ने भएको छ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागिएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।  

सम्मेलनमा यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुति तथा सामूहिक छलफल हुनेछ ।

अर्थतन्त्रको महŒवपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौला उद्यमलाई मानिन्छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको योगदान ५ दशमलव ६ प्रतिशत छ, जसमा साना तथा मझौला उद्योगको अंश ९० प्रतिशत छ । यस क्षेत्रबाट करीब १७ लाखले रोजगारी पाएका छन् ।

सम्मेलनको प्राविधिक पहिलो सत्र ठूला तथा साना उद्योगबीच व्यावसायिक सम्बन्ध, दोस्रो सत्र वित्तीय पहुँच, तेस्रो सत्र वस्तु बजारीकरण/निर्यात/अतिकम विकसित मुलुकबाट स्तरोन्नति/युवा उद्यमशीलता विषयमा सामूहिक छलफल हुनेछ । सम्मेलनमा आ–आफ्ना क्षेत्रका स्थापित उद्यमी व्यवसायीका अनुुभव आदानप्रदानको सत्रसमेत राखिएको छ ।
वित्तीय पहुँचका लागि आवश्यक मापदण्ड, कागजात एवं प्रक्रियागत विषयमा विज्ञले जानकारी दिनुका साथै विदेशी राष्ट्रमा एमएसएमई क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि भए/गरेका प्रयासहरूबारे समेत सम्मेलनमा छलफल हुने महासंघले जानकारी दिएको छ ।

साना उद्योगीले प्रतिष्ठित उद्योग र उद्योगीले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता र अनुभव आदानप्रदान गर्ने अवसरसमेत पाउने छन् । सम्मेलनबाट एमएसएमई उद्योग प्रवर्द्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाबारे सहभागीले जानकारी प्राप्त गर्नेछन् । सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।

महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समितिको अग्रसरतामा आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधि, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमीलगायतका सरोकारवाला निकायका करीब तीन सय प्रतिनिधिको सहभागिता रहने महासंघको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)