काठमाडौं । गत शुक्रवार दोस्रो सर्वाधिक मूल्य कायम भएको सुनको भाउ आइतवार (आज) तोलामा २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।
गत शुक्रवार सुनको भाउ रेकर्ड नजिक पुगेको थियो । उक्त दिन सुनको भाउ तोलामा १ लाख ५ हजार २०० रुपैयाँ तोकिएको थियो । शनिवार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
सुनको भाउ गत फागुन २५ गते अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोबार भएको छ । उक्त दिन सुनको भाउ तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार सुनको भाउ घट्दा चाँदीको भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ तोकिएको छ । शुक्रवारयता सोही मूल्यमा चाँदीको कारोबार भइरहेको छ ।