ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

यस कारण घट्यो बेष्ट फाइनान्सको नाफा, अन्य सूचक कस्तो ?

२०७९ माघ, ८  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९३ प्रतिशत घटेको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १४ करोड २ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ९७ लाख २ हजारमा सीमित भएको हो ।

चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ८४ प्रतिशत घटेको छ । कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ६८ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव ०५ प्रतिशत पुगेको छ । 

कम्पनीको चुक्तापूँजी रू. ८२ करोड ८९ लाख छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ५१ करोड ३५ लाख र शेयर प्रिमियममा रू. ३० लाख २५ हजार सञ्चित गरेको छ । सो अवधिमा रिटेन्ड अर्निङ भने रू. २१ करोड ७६ लाख ऋणात्मक छ । 

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ८३ रहेकोमा चालू आवमा रू. २ दशमलव ३४ मा झरेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १५१ दशमलव ६३ गुणा, तरलता अनुपात ३१ दशमलव ८६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ०६ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)