ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गोर्खाज फाइनान्सको नाफा २४६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२०७९ माघ, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४६ दशमलव ९७ प्रतिशत अर्थात् ३ दशमलव ४ गुणा वृद्धि भएको छ ।

गत आवको दोस्रो त्रैमाससम्म रू. १ करोड ९३ लाख खुद नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. ६ करोड ७१ लाखभन्दा बढी नाफा कमाएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १८० प्रतिशत र सञ्चालन नाफा २८२ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा प्रतिशेयर आम्दानी रू. ४ दशमलव ४६ रहेको कम्पनीको चालू आवमा रू. १५ दशमलव ४७ पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख रहेको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ७३ करोड २९ लाख,रिटेन्ड अर्निङमा रू. २ करोड ४९ लाख र शेयर प्रिमियममा रू.२ करोड २३ लाख भन्दा सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ४९ लाख रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३७ दशमलव ४९ गुणा,तरलता अनुपात ३१ दशमलव ९७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८९ दशमलव ८९ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)