ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक 'परिवर्तनका संवाहक : लक्ष्मीदास ' सार्वजनिक

२०७९ माघ, ८  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। लक्ष्मीदास मानन्धरको जीवनीमा आधारित पुस्तक 'परिवर्तनका संवाहक' सार्वजनिक भएको छ ।

भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवम् समाजसेवी स्वर्गीय मानन्धरको जीवनीमा आधारित पुस्तकलाई एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शनीवार लोकार्पण गरेका छन् ।

शनिबार काठमाडौंकाे एक होटलमा आयोजना गरिएको कार्यक्रममा 'परिवर्तनका संवाहक : लक्ष्मीदास' पुस्तक लोकार्पण गरिएको हो।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनकवि दुर्गालाल श्रेष्ठ, लेखक लक्ष्मण अधिकारी, लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर, धर्मोदय सभाका अध्यक्ष एवम् उद्योगपति पद्मज्योति, पूर्वमन्त्रीहरू जीवनराम श्रेष्ठ, तीर्थराम डङ्गोल, साल्ट ट्रेडिङका सञ्चालक प्रदिपलाल श्रेष्ठ, चेम्बर उपाध्यक्ष एवम् साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन लगायतको उपस्थिति रहेको थियो।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वर्गीय लक्ष्मीदास मानन्धर पुस्तकमा राजनीतिक पाटो छुटेको महसुस भएको उल्लेख गर्दै मानन्धर खुला पुस्तक रहेको बताए ।

लक्ष्मीदास बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व रहेको बताउँदै नयाँ पुस्ताले लक्ष्मीदास र उनको पुस्ताबाट अनेकौँ शिक्षा लिन सक्ने उनको भनाइ थियो ।

उद्यमी, समाजसेवी, भाषासेवी, धर्मसेवीलगायत सबैले उनीबाट धेरै कुरा सिक्न सक्ने पनि नेपालको भनाइ थियो ।

कार्यक्रममा बोल्दै स्वर्गीय मानन्धरका कान्छा छोरा नारायणदास मानन्धरले उद्योग व्यापार क्षेत्रका अग्रणी पुस्ताका व्यक्तित्व लक्ष्मीदास मानन्धरको जीवनले समाजसेवी र कर्म योगी बन्न प्रेरित गर्ने उल्लेख गर्दै वार्षिक पुण्य तिथिको अवसरमा उनको जीवनी पुस्तक लोकार्पण गरिएको बताए ।

जनकवि दुर्गालाल श्रेष्ठले कविता रचनामार्फत उनले भाषा, धर्म, व्यापार, समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्दै लक्ष्मीदास अनुकरणीय व्यक्तित्व भएको बताए।

त्यस्तै, पुस्तकका लेखक लक्ष्मण अधिकारीले लगनशीलता र कर्मशीलताले लक्ष्मीदास सफल उद्योगपति व्यवसायी एवम् समाजसेवी बन्न सकेको र परिवर्तनमा उनको योगदान रहेको उल्लेख गरे  ।

लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रि रत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर लगायतले मन्तव्य  राख्ने क्रममा स्वर्गीय लक्ष्मीदास मानन्धरको योगदानको स्मरण गर्दै उनकाे जीवन बहुआयामिक रहेको बताएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)