ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

यस कारण घट्यो मल्टीपर्पस फाइनान्सको खुद नाफा

२०७९ माघ, ८  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ४९ प्रतिशतले घटेको छ । गत आवमा रू. ४६ लाख २७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा कम्पनीको नाफा रू. २३ लाख ३१ हजारमा सीमित भएको हो ।

चालू आवमा वृद्धि भएको अन्य सञ्चालन खर्च र सञ्चालन नाफामा कमी आउँदा कम्पनीको नाफा प्रभावित भएको हो । 

अन्य सञ्चालन खर्च गत आवको तुलनामा चालू आवमा १२७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको अन्य सञ्चालन खर्च रू. २३ लाख ५६ हजार रहेकोमा चालू आवमा रू. ५३ लाख ६२ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ४२ प्रतिशतले घटेको हो । 

चुक्तापूँजी रू. ४५ करोड २० लाख रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ३ करोड ६३ लाख र रिटेन्ड अर्निङमा रू. ९३ लाख ६९ हजार सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

गत आवमा रू. ३ दशमलव ७९ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा रू. १ दशमलव शून्य ३ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३४ दशमलव ४० गुणा, तरलता अनुपात ३५ दशमलव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ११ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)