ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मोदीको आलोचना गरिएको वृत्तचित्रकाे लिंक ब्लक गर्न ट्विटर र युट्यूबलाई भारत सरकारको आदेश

२०७९ माघ, ८  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । भारतको केन्द्र सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको वृत्तचित्रको लिंक ब्लक गर्न ट्विटर र युट्यूबलाई आदेश दिएको छ । सरकारले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले बनाएको उक्त वृत्तचित्रबारे आपत्तिसमेत जनाएको छ । उक्त वृत्तचित्रको युट्यूब लिंक शेयर भएको सबै ट्विटलाई ब्लक गरिएको छ । 

परराष्ट्र मन्त्रालयलगायत गृह तथा सूचना प्रसारण मन्त्रालयका वरिष्ठ अधिकारीहरूले उक्त डकुमेन्ट्रीको जाँच गर्दा फिल्म बदनाम गर्ने र आक्षेप लगाउने खालको पाएपछि मन्त्रालयले सोको लागि निर्देशन दिएको स्रोतहरुले बताएका छन् । 

स्रोतका अनुसार सूचना तथा प्रसारण मन्त्रालयले सो डकुमेन्ट्रीको पहिलो एपिसोडको युट्युबमा शेयर गरिएका सबै भिडियोहरू ब्लक गर्न आदेश दिएको छ । ट्विटरलाई ‘इन्डियाः द मोदी क्वेश्चन’ को युट्युब भिडियोको लिङ्क भएका ५० भन्दा बढी ट्वीट ब्लक गर्न आदेश दिइएको थियो । सो वृत्तचित्र सन् २००२ मा गुजरातको हिंस्रक दंगामा मोदीको भूमिकाबारे थियो । 

सूचना तथा प्रसारण सचिवले सूचना प्रविधि नियमावली २०२१ अन्तर्गत आपतकालीन अधिकार प्रयोग गर्दै शुक्रवार यस्तो निर्देशन दिएको थियो । युट्युब र ट्विटर दुवैले यी निर्देशनहरूको पालना गरेका छन् । पहिलो एपिसोडमा मोदीको राजनीति जीवनको शुरुआती वर्ष र भारतीय जनता पार्टीभित्र उनको बढ्दो वरियतामा केन्द्रीत थियो । 

सो वृत्तचित्रलाई भारतीय विदेश मन्त्रालयले निष्पक्ष नभएको अनि औपनिवेशिक मनोवृत्ति देखाउने प्रचारबाजी भनेर व्याख्या गरेको छ । भारतको विदेश मन्त्रालयले यसलाई प्रोपोगान्डा भनेको छ । मन्त्रालयले वृत्तचित्रलाई पक्षपाती अनि विशेष बदनाम कहानीलाई अगाडि बढाउने प्रचार सामग्री भन्दै निन्दा गरेको छ । मन्त्रालयले बीबीसीलाई भारतमा उपलब्ध गराउन नसकेको बताएको छ । गुजरातमा सो दंगामा परेर हजारभन्दा बढीको मृत्यु भएको थियो । त्यतिबेला मोदी गुजरातका मुख्यमनत्री थिए । 

हिन्दू तीर्थयात्रीहरू चढेको एउटा रेलमा आगो लागेपछि सो दंगा भड्किएको थियो । सो दंगाका क्रममा कयौं मुश्लिम युवतीहरूको सामूहिक बलात्कार भएको थियो । सो भिडियो भारतमा उपलब्ध छैन । तर, यो भिडियो कयौं युट्युब च्यानलमा अपलोड भएकाे छ । साथै ट्विटरमा पनि व्यापक शेयर भएको छ ।

युट्युबले आफ्नो प्लेटफर्ममा फेरि भिडियो अपलोड गर्न रोक लगाउन निर्देशन दिएको बताइएको छ । ट्वीटरले अन्य प्लेटफर्महरूलाई पनि भिडियोहरूको लिङ्क भएको ट्वीटहरू पहिचान गर्न र ब्लक गर्न निर्देशन दिएको छ । 

परराष्ट्र, गृह र सूचना प्रसारण मन्त्रालयहरूका उच्च अधिकारीले उक्त वृत्तचित्रको अध्ययन गरी फिल्मलाई बदनाम गर्ने नियतले बनाइएको दाबी गरेको छ । सो वृत्तचित्रले भारतको सर्वोच्च अदालतको अख्तियार र विश्वसनीयतामाथि प्रहार गरेको रूपमा समेत अर्थ्याइएको छ । 

भिडियो हटाउनुको मुख्य कारण भारत-बेलायतबीचको सम्बन्ध भएको बुझिएको छ । वृत्तचित्रले भारतको सार्वभौमसत्ता र अखण्डतामा आँच पुर्‍याउने र देशभित्रको सार्वजनिक व्यवस्थाका साथै बेलायतसँगको भारतको मैत्रीपूर्ण सम्बन्धमा समेत प्रतिकूल असर पुर्याएको बताइएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)