ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

निवृत्तभरण पाउने र अपांगलाई पनि राजस्वले ठग्यो

२०७९ माघ, ९  
१० वर्ष अघि
Tvs Raider NA

राजस्व विभागले आर्थिक ऐन, आयकर ऐन तथा सर्वोच्च अदालतको आदेशलाई  समेत नटेरी निवृत्तभरण तथा अपांगको आयमा समेत कर लगाइरहेको छ । विभागले निवृत्तभरण पाउने कर्मचारी र अपांगलाई छूट दिनुपर्ने रकममा समेत कानूनी  प्रावधानविपरीत कर असुली गरिरहेको छ । ‘कानुनविपरीत १४ महिनादेखि कर असुली गर्दासमेत राजस्व विभागको कदम रोक्न कुनै पहल भएको छैन,’ कर विषयका जानकार अधिवक्ता कोमल घिमिरेले भने, ‘राजस्वले उठाइरहेको कर कानुनविपरीत छ ।’

आयकर ऐन २०५८ को अनुसूची १ को दफा ९  मा निवृत्तभरणको आयमा कर छूटको सीमा थप  २५ प्रतिशत छूट हुने व्यवस्था छ । त्यस्तै, अनुसूची १ को दफा १० मा अपांगका लागि कर छूटको रकमको थप ५० प्रतिशत छूट दिनुपर्ने व्यवस्था छ । भदौ ३, २०६६ को राजपत्र (खण्ड ५९ अतिरिक्तांक १८) को भाग ५ र निवृत्तभरण व्यवस्थापनसम्बन्धी निर्देशिका २०६६ ले निवृत्तभरणको रकममा प्रत्येक वर्षको अलगअलग आम्दानी मानी सोहीअनुसार आयकर प्रयोजनका लागि गणना गर्नुपर्ने व्यवस्था गरेको छ ।

वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)