ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

होटल हब बन्दै बाँके

२०७९ माघ, ९  
लुम्बिनी प्रदेश
Jagdamba Supershine NA

खजुरा । पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज ‘होटल हब’को रूपमा समेत विकसित भइरहेको छ । नेपालगञ्जबाट हुम्लाको सिमिकोट हुँदै तिब्बतको मानसरोवर पुग्ने छोटो रूट भएकाले खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।

होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा रू. १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी रहेको व्यवसायी बताउँछन् । होटल व्यवसायी संघ बाँकेका अनुसार जिल्लाभर साना र ठूला गरी करीब ३ हजार होटल सञ्चालनमा छन्, जसमा ५ हजार कोठा छन् भने एकैपटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । जिल्लामा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्ने क्रम पनि बढेको छ । बाँकेमा हालसम्म दुईओटा पाँचतारे होटल र दुईओटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् ।

पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुने भएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड र रारामा ट्रेकिङ शुरू भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउँछन् ।

होटलको संख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए । आफूहरूले पनि दुई हजार जना क्षमताको ब्याङ्क्वेट हल बनाइसकेको उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)