ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुनको भाउ रेकर्डनजिक, तोलामा २०० रुपैयाँभन्दा बढी बढेमा बन्नेछ नयाँ रेकर्ड

२०७९ माघ, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । तोलामा ३०० रुपैयाँ बढेको सुनको भाउ रेकर्डनजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार (आज) सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ तोकिएको छ ।

अब तोलामा २०० रुपैयाँभन्दा बढी बढेमा सुनको भाउमा नयाँ रेकर्ड कायम हुनेछ । सुनको भाउ सर्वाधिक कायम हुँदा तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो । 

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ । आइतवार चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ तोकिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)