ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्टार्टअपसम्बन्धी कार्यविधि अहिलेसम्म नबन्नु गलत, परियोजना कर्जाको काम अघि बढाउँछु : अर्थमन्त्री

२०७९ माघ, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठम‍ाडौं । अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो कार्यकालको बजेटमा समावेश भएको स्टार्टअपसम्बन्धी कार्यविधि अहिलेसम्म बन्न नसक्नु गलत भएको बताएका छन् । काठमाडौंको कुपन्डोलमा शुरू भएको लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय (SMEs) सम्मेलनको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले यो कार्यविधि छिट्टै बन्ने आश्वासनसमेत दिएका छन् । 

उनले एसएमईज (SMEs) क्षेत्रले उचित महत्त्व पाउन नसकेको र ओझेलमा परेको समेत बताएका छन् । यो क्षेत्रका समस्या समाधानका निम्ति आफू प्रतिवद्ध रहेको पनि उनले बताए । एसएमईजको लागि नित्तान्त आवश्यक परियोजना कर्जाको कामलाई पनि तिब्रताका साथ अगाडि बढाईने उनको भनाई छ।

उद्योग वाणिज्य महासंघद्वारा महिला उद्यमी लगायत एसएमईज क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनलाई सहयोग पुर्‍याउने  उद्देश्यले आज होटल हिमालय कुपण्डोलमा  एसएमईज सम्मेलन आयोजना गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)