ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

 छ महीनामा कर्णाली डेभलपमेन्ट बैंकले कमायो रू. १ करोड ६३ लाखभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

२०७९ माघ, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म रू. १ करोड ६३ लाख नाफा कमाएको छ ।

गत आवको दोस्रो त्रैमाससम्म कम्पनी रू. १ करोड ६३ लाख नोक्सानीमा थियो । चालू आवमा इम्पेरिमेन्ट चार्ज घटेको तथा खुद ब्याज आम्दानी वृद्धि भएकाले कम्पनी नाफामा गएको हो ।

गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. ४ करोड ३७ लाख रहेकोमा चालू आवमा घटेर रू. १ करोड १ लाखमा झरेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १४ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको चुक्तापूँजी रू. ५० करोड २८ लाख रहेको छ  । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ४ करोड ९३ लाख, रिटेन्ड अर्निङमा रू. ४ करोड ७ लाख र शेयर प्रिमियममा रू. ४ लाख ५८ हजार सञ्चित गरेको छ । सो अवधिमा रू. ४ अर्ब ३९ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. ३ अर्ब २९ करोड कर्जा लगानी गरेको छ ।

गत आवमा प्रतिशेयर आम्दानी रू. ३ दशमलव २ ले ऋणात्मक रहेकोमा नाफामा सुधार आएसँगै चालू आवमा रू. ३ दशमलव २६ ले धनात्मक भएको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ९४ दशमलव ९१ गुणा, तरलता अनुपात ३४ दशलमव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव शून्य १ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)