ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनएमबि सरल बचत फण्ड इको सूचीकृत शेयरमा लगानी बढ्यो, न्याभ कति ?

२०७९ माघ, ९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार फण्डको सूचीकृत शेयरमा लगानी मङ्सिर महीनाको तुलनामा पुस महीनामा ११ प्रतिशत वृद्धि भएको छ । मङ्सिर मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. ३८ करोड ८३ लाख लगानी गरेकोमा पुस महीनामा बढेर रू. ४३ करोड २९ लाख पुगेको छ ।

त्यस्तै फण्डको न्याभ पनि बढेको छ ।  मङ्सिर मसान्तमा फण्डको न्याभ रू. ८ दशमलव ८० रहेकोमा पुस मसान्तमा बढेर रू. ९ दशमलव ६१ पुगेको हो । 

त्यस्तै फण्डले पुस मसान्तसम्म रू. ३ करोड ८६ लाख नाफा कमाएको छ । मङ्सिर महीनामा फण्ड रू. १ करोड ८९ लाख नोक्सानीमा थियो । पुस महीनामा फण्डले रू. ४ करोड ३९ लाख आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो ।

मङ्सिर महीनामा फण्डको आम्दानी रू. १ करोड ४५ लाख ऋणात्मक थियो । पुस महीनामा शेयर बजार बढेसँगै म्युचुअल फण्डको न्याभलगायत नाफामा सुधार आएको हो ।

म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छन् । सोही कारण शेयर बजारमा घटबढसँगै फण्डहरूको नाफा/नोक्सानलगायत न्याभमा असर परेको हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)