ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार रोक्का, यस्तो छ कारण ?

२०७९ माघ, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणासम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीबमोजिम सो संस्थाको शेयर कारोबार रोक्का गरिदिएको हो ।

साथै नेप्सेले के कति कारणले यस्तो हुन पुगेको हो ? कारण खुलाई तीन दिनभित्र स्पष्टीकरणसमेत पेश गर्न अनुरोध गरेको छ । पुस ९ गते बिहान ९ बजे बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ३८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको कारण सो मितिभन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मितिदेखि दुई आवसम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश नछुट्याएको जानकारी दिएको छ । त्यस्तै २०७८ असार ३० पछि शेयर खरीद गर्ने शेयरधनीहरूले भने आफैं कर भुक्तानी गर्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)