ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आयात प्रतिबन्ध हटेपछि पहिलोपटक ह्युन्डाईले लञ्च गर्‍यो अल न्यू भेन्यू , शुरुवाती मूल्य कति ?

२०७९ माघ, ९  
बजार यातायात
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  दक्षिण कोरियाली बहुराष्ट्रिय मोटर निर्माता कम्पनी ह्युन्डाईले नेपाली बजारमा अल–न्यू भेन्यु लञ्च गरेको छ । नेपालका लागि ह्युन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘न्यु स्टाइल न्यू स्टेटमेन्ट’ ट्यागलाइनका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको हो ।

यो कारका अघिल्ला संस्करणहरु नेपाली बजारमा ग्राहकहरुको रोजाइ बन्न सफल भएका पछि कम्पनीले नयाँ संस्करण ल्याएको हो । भेन्युको नयाँ संस्करणले कम्प्याक्ट एसयुभी बजारको  प्रतिस्पर्धामा नयाँ बेन्चमार्क कायम गर्ने विश्वास कम्पनीको छ । 

यो कारले विश्व बजारमा समेत यसको सुन्दर डिजाइन, थप फिचर, प्रफर्मेन्स र सुरक्षाका आधारमा विश्वभ। नयाँ स्ट्यान्डर्ड कायम गरेको विज्ञप्तिमा भनिएको छ । यस कारमा १ दशमलव ३ लिटरको पेट्रोल इञ्जिन र १ लिटर टर्बो  इन्जिनसहितको ५ स्पिड म्यान्युअल र ७ स्पिड डिसीटी गियरबक्स छ । यसको ग्राउन्ड क्लिरियन्स १९५ एमएम छ । यो गाडीलाई कम्पनीले शहरका साथसाथै रोमाञ्चक ड्राइभको लागि सुहाउने बताएको छ ।

यसमा कम्पनीले पुरानको प्यारामेट्रिक फ्रन्ट ग्रिललाई रि–डिजाइन दिएको छ । यस कारमा रिच र स्पोर्टी लुकका लागि  रुफ डिजाइन गरिएको छ । अल–न्यू हुन्डाई भेन्युमा एलईडी ल्याम्प, एर्गोनोमिक रूपमा डिजाइन गरिएको ड्राइभर सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, कुल्ड ग्लोभ बक्स, ड्युअल एयरब्याग र सनरुफ पनि छ । 

कारको भित्री भाग फराकिलो भएकाले विलासी र फ्यामिलि कार जस्तै महसुश हन्छ । यसको भित्री भागको लेआउट डबल–टोन ब्लाक ग्रेज कलरको छ । यसमा ६०/ ४० स्प्लिट सिट छ । कप राख्ने भागसहित पछाडि हात राख्ने ठाउँ पनि छ । दुई ओटा रियर एसयुबी चार्जर, टु स्टेप रियर रिक्लिनिङ सिट जस्ता नयाँ फिचरले कारलाई झनै आकर्षक बनाएको छ ।  यी सबै  फिचरले कार चलाउँदा सुविधाजनक र उत्साहजनक अनुभूति गराउने दाबी कम्पनीले गरेको छ । 

कारमा रियर पार्किङ असिस्ट क्यामेरा, डुअल जोन क्लाइमेट कन्ट्रोल एसी, टायर प्रेसर कस्तो छ भनेर निगरानी गर्ने प्रणाली, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल आदि सुविधा पनि छन् ।

कम्पनीले नयाँ हुन्डाई भेन्यु ३ ओटा संस्करण ई, एस र एसएक्समा उपलब्ध गराएको छ । यी कारको शुरुवाती मूल्य ३९ लाख ९६ हजार रुपैयाँ राखिएको छ । नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च गरेको यो पहिलो कार हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)