अहिले काठमाडौंमा व्यवस्थितसँगै अव्यवस्थित बसोवास पनि दिनानुदिन बढ्ँगइरहेको छ । यसले महानगरको शोभालाई बिगारेको छ । यसले महानगरको व्यवस्थालाई समेत खलल पारेको देखिन्छ । काठमाडौं महानगरपालिकाले नै यस्तो अव्यवस्थित बसोवासलाई बढावा दिएको हो । उसले प्रभावकारी नीति र कानुनी व्यवस्था गरेर यसलाई नियन्त्रण गर्न सक्थ्यो । तर, अव्यवस्थित बसोवासलाई नियन्त्रण गर्नेतर्फ महानगरपालिकाले खासै चासो देखाएको पाइँदैन । यसलाई हेर्ने, नियन्त्रण गर्ने सबै जिम्मा महानगरपालिकाको भएकाले यसको दोषी महानगरपालिका नै हो । यस्ता अव्यवस्थित बसोवासलाई समयमै नियन्त्रण गर्न सकिएन भने यसले भविष्यमा विकराल समस्या पनि निम्त्याउन सक्छ ।
(शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनीयर चिरञ्जीवी सुवेदीसँगको कुराकानीबाट)
वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७