काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । सोमवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्च बढाउनेगरी काम गर्न निर्देशन दिएका हुन् ।
नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शीर्षकमा छुट्ट्याइएको रकम सोही शीर्षकमा मात्र खर्च गर्न, चालू प्रकृतिका खर्च निरुत्साहित गर्न र अनिवार्य दायित्वबाहेक कुनै पनि शीर्षकमा थप बजेट माग नगर्न अर्थमन्त्री पौडेलले आग्रह गरे । साथै शोधभर्ना लिने कार्यलाई प्राथमिकता दिनुपर्ने उनले बताए । वैदेशिक स्रोत परिचालनमा पनि कमजोरी रहेको भन्ँअर्थमन्त्री पौडेलले अनुदान र ऋण परिचालनका लागि मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । अर्थसचिव तोयम रायाले मितव्ययिता र खर्च कटौतीसम्बन्धी कार्य मन्त्रालयले शुरू गरिसकेको जानकारी दिए ।