काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
माघ ६ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट पारित करसहित १० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइएको हो । हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा माघ ६ गतेदेखि नै आईपीएसमार्फत जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता नं अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता नं र प्यान नम्बर यथाशीघ्र अद्यावधिक गराउनुपर्नेछ । त्यसपछि आईपीएसमार्फत शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।