ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुनको मूल्य इतिहासकै सर्वाधिक, पुसयता तोलामा बढ्यो ६४ सय 

२०७९ माघ, १०  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सुनको मूल्य इतिहासकै सर्वाधिक कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवार सुनको मूल्य तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ तोकेको छ । यो अहिलेसम्मकै सर्वाधिक हो । 

यसअघि गत फागुन २५ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ तोकिएको थियो । त्यसयता सुनको मूल्यमा उतारचढाव देखिएको थियो । 

पछिल्लो पटक सुनको मूल्य पुसयता उकालो ग्राफमा छ । त्यसयता सुनको मूल्य तोलाको ६ हजार ४०० रुपैयाँ बढिसकेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत पुस १ गते सुनको मूल्य तोलाको ९९ हजार ९०० रुपैयाँ तोकिएको थियो । 

सुनको मूल्य तोलाको लाख नाघेको भने मंसिर २३ यता हो । त्यसयता पुस १ गतेबाहेक सुन लाखमै कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि बढिरहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)