ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?

२०७९ माघ, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एक्सेल डभेलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा रू. ४ करोड ७० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड ३२ लाखमा सीमित भएको छ । 

चालू आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज बढेको र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज रू. ४ करोड १४ लाख रहेकोमा चालू आवमा बढेर रू. ८ करोड ८५ लाख पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ । 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १७ रहेकोमा चालू आवमा रू. ३ दशमलव ७२ मा झरेको छ । 

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ४६ करोड ११ लाख सञ्चित गरेको कम्पनीको रिटेन्ड अर्निङ रू. ४ करोड २० लाख ऋणात्मक रहेको छ । रू. १२ अर्ब २३ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. १० अर्ब २२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । 

कम्पनीको मूल्य आम्दानी अनुपात ९८ दशमलव ३१ गुणा, तरलता अनुपात २५ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २१ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)