ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

 नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा, क-कसले आवेदन दिन पाइन्छ ?

२०७९ माघ, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज  अर्थात् माघ १० गतेदेखि लिलामी बिक्री खुला भएको छ । बैंकले लघुवित्तको १ लाख ५९ हजार  कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो ।

शेयर मूल्य न्यूनतम रू.५ सय ५५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा जो कोही योग्य व्यक्ति, कम्पनी वा संघसंस्थाले माघ २४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । माघ २४ गतेसम्म प्राप्त बोलपत्रहरू माघ २५ गते बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड  नारायणचौर नक्साल, काठमाडौंमा  बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्ने जानकारी गराइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)