काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको एप्लिकेशनमा प्रावधिक समस्या आएपछि गत माघ ५ गते बिहीवारको शेयर सेटलमेन्ट प्रभावित भएको छ ।
एप्लिकेशनमा प्राविधिक समस्या आएपछि गत माघ ५ गतेको शेयर सेटलमेन्ट प्रभावित भएको सिडिएससीले जानकारी दिएको छ । सो दिनको सेटलमेन्ट आज अर्थात् माघ १० गते हुने सिडिएसले मेरो शेयरमार्फत जानकारी दिएको छ ।
प्रणालीमा प्राविधिक समस्या आएपछि माघ ५ गतेको सेटलमेन्टलाई अगाडि बढाउन नसकिएको सीडीएससीले जानकारी दिएको हो । ‘प्राविधिक समस्या आज समाधन गरी सेटलमेन्ट आज गर्ने पनि सिडिएससीले जानकारी दिएको छ ।