ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सूर्यज्योति लाइफको ‘सेल्स कन्भेन्सन’ सम्पन्न

२०७९ माघ, ११  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ‘सेल्स कन्भेन्सन’ सम्पन्न भएको छ । कम्पनीले देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीभलगायतका करीब ३०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्राविधिक तथा बजार व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि एवम् उत्प्रेरणामूलक तालीम दिइएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदाधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्ससम्बन्धी अभिमुखीकरण गरे । साथै कार्यक्रममा कार्यालय सञ्चालनमा उत्कृष्ट योगदान पुर्‍याउने कर्मचारीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सम्मान गरे ।

कार्यक्रममा ३ जना जोनल हेड, ३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर, १० जना शाखा प्रमुख, १२ जना कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी उत्कृष्ट ४८ जना कर्मचारीलाई सम्मान गरिएको थियो । समय समयमा दिइने शीप विकास तथा प्रविधिमैत्री तालीमबाट कर्मचारीहरू उत्साहित  र थप ऊर्जावान् भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)