ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सशस्त्र प्रहरीको ट्रमा अस्पताललाई सूर्य नेपालको सहयोग

२०७९ माघ, ११  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सूर्य नेपाल प्रालिले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । सोमवार एक कार्यक्रमबीच सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटार, चितवनका प्रमुख प्रहरी उपरीक्षक अञ्जनीकुमार पोख्रेललाई कम्पनीका भाइसप्रेसिडेन्ट कर्पोरेट अफेयर्स रवि केसीले एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । हाल उक्त ट्रमा अस्पतालमा एम्बुलेन्सको अभाव भएकाले घाइतेलाई तुरुन्तै उद्धार गर्न कठिनाइ भएकाले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको सूर्य नेपाल आशामार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । प्राप्त एम्बुलेन्स राजमार्ग वरिपरि हुने दुर्घटनामा परेका घाइतेहरूको उद्धारका लागि प्रयोग गरिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)