ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पोखरामा फोर्स मोटर्सको सर्भिस सेन्टर

२०७९ माघ, ११  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

कास्की । फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखराको चाउथेमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सोमवार सर्भिस सेन्टरको उद्घाटन गरिएको हो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रवबहादुर थापा, फोर्स मोटर्सका अन्तरराष्ट्रिय विक्री प्रबन्धक सुनिल संक र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रूपमा सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् ।

आफ्ना ग्राहकलाई गाडी विक्रीपछि सहज रूपमा सेवा दिन सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

गाडी विक्रीपछिको आधुनिक सेवा तथा पार्टपूर्जाहरूको सेवा दिने उद्देश्यले अन्तरराष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताए । कम्पनीले चाउथेमा शोरूम भने यसअघिदेखि नै सञ्चालनमा ल्याएको छ । अब सर्भिस सेन्टरमार्फत गाडी मर्मतसहित पार्टपूर्जाको सहज उपलब्धता गराइने अध्यक्ष थापाले बताए । सर्भिस सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सहज रूपमा छिटो छरितो सेवा प्रदान गर्ने आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)