ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सूर्य नेपाल एनपीजीए म्याच प्ले क्वाटरफाइनल समीकरण पूरा

२०७९ माघ, ११  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता ‘सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनल समीकरण पूरा भएको छ । नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राई, दोस्रो वरीयताका साविक विजेता भुवन नगरकोटी तथा रवि खड्का, रमेश अधिकारी, धनबहादुर थापा, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाए । शुक्रले २०औं वरीयताका टंकबहादुर कार्कीलाई सहजै ५/४ ले हराए । शुक्रले क्वाटरफाइनलमा १०औं वरीयताका भुवनकुमार रोक्कालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । भुवनले नवौं वरीयताका रामे मगरलाई २/१ ले हराए ।

दोस्रो वरीयताका भुवन नगरकोटीले भने १९औं वरीयताका सञ्जोक मोक्तानलाई २/१ ले हराए । उनले अब आठौं वरीयताका धनबहादुर थापासँग खेल्ने छन् । थापाले पहिलो चरणमा ११औं वरीयताका धरानका बलभद्र राईलाई ३/२ ले पराजित गरे ।

यसैगरी तेस्रो वरियताका जयराम श्रेष्ठले १७औं वरीयताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१–अप) पराजित गरे । उनले अब सातौं वरीयताका दिनेश प्रजापतिसँग खेल्ने छन् । दिनेशले पनि अन्तिम होलमा १२औं वरीयताका सूर्यप्रसाद शर्मालाई पराजित गरे । अर्को खेलमा पाँचौं वरीयताका रवि खड्काले १५औं वरीयताका प्रदीपकुमार लामालाई २/१ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरे । उनले १३औं वरीयताका रमेश अधिकारीसँग खेल्ने छन् । रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरीयताका सञ्जय लामालाई ३/१ ले हराए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)