ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता संस्थापक शेयर लिलामीमा   

२०७९ माघ, ११  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ हजार कित्ता संस्थापक शेयर माघ ११ गतेदेखि लिलामीमा आएको छ ।

कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको उक्त शेयर माघ २० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ३५० तोकिएको छ ।

विद्यमान संस्थापक शेयरधनी लगाएत इच्छुक योग्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् । कम्पनीले यो शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो ।

यसअघि वितरण नभएको यो शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । आवेदन पेश गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro