ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पुनः २२ सयको क्षेत्रलाई प्रतिरोध मान्दै फर्कियो बजार, आगामी यात्रा कता ?

२०७९ माघ, ११  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुधवार नेप्से परिसूचक २ हजार १९९ दशमलव ९३ विन्दुसम्म पुगेर अन्त्यमा २ हजार १८३ दशमलव ६२ विन्दुमा बन्द भएको छ । लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । सोही कारण बजारमा धेरै उतारचढाव आएको छैन । 

बजार लामो समय घटेकाले नेप्सेको आगामी यात्रा माथितिर जाने  जानकारहरू बताउँछन् । यस्तो अवस्थामा सबल वित्तीय सूचकयुक्त लाभांश क्षमता राम्रो रहेका कम्पनीहरूमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।

दुई दिनमा नेप्से परिसूचक १८ दशमलव ५२ अंक बढेको छ । यसो त कारोबार रकम पनि बिस्तारै बढ्न थालेको देखिन्छ । वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने ब्याजदर पनि घट्दो छ । यसले आगामी दिनमा धितोपत्र बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषकको दाबी छ । 

बुधवार नेप्से परिसूचक १० दशलमव ३७ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १८३ दशमलव ६२ विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका २६१ धितोपत्रको ९५ लाख ३२ हजार ८६७ कित्ता ५४ हजार ३७७ पटकमा रू. ३ अर्ब ४६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन लाइफ हाइड्रोपावर र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत, सानिमा जिआईसी इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

ग्रीन लाइफको शेयर मूल्य रू. ३३८ दशमलव ८०, आदर्श लघुवित्तको रू. १ हजार ८९, सानिमा जिआईसी इन्स्योरेन्सको रू. ४८९ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको रू. ४०८ दशमलव ७० पुगेको छ । 

बुधवार आरविवि म्युचुअल फण्ड–१ को इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ७० प्रतिशत घटेको छ । इकाई मूल्य रू. ७ दशमलव ७७ कायम भएको हो । त्यस्तै दोस्रोमा जानकी फाइनान्सको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशत  घटेर रू. ४२३ कायम भएको छ । 

बुधवार नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. १० करोड १४ लाख बराबरको भएको छ । कम्पनीको शेयर मूल्य रू. २७८ कायम भएको छ । त्यस्तै दोस्रोमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको रू. ९ करोड २१ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशलमव ५३ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य १ प्रतिशत र अन्य समूहको १ दशमलव ५० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक ३ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)