ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अमेरिकाले हाल्यो गूगलविरुद्ध मुद्दा, डिजिटल विज्ञापन बजारमा मनपरी गरेको आरोप

२०७९ माघ, ११  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । अमेरिकाले घरेलु बहुराष्ट्रिय कम्पनी अल्फाबेट इंकको सहायक कम्पनी गुगलविरुद्ध मुद्दा हालेको छ ।  डिजिटल विज्ञापन बजारमा मनपरी गरेको भन्दै कम्पनीविरुद्ध त्यहाँको न्याय मन्त्रालय र आठ राज्यहरूले भर्जिनियाको संघीय अदालतमा मुद्दा दायर गरेका हुन् । गूगलमाथि विज्ञापन–प्रविधि व्यवसायलाई टुक्राउन खोजेको आरोप छ ।

कम्पनीले लामो समयदेखि डिजिटल विज्ञापन प्रविधिमा मनलाग्दी गर्दै आएकोले सो व्यवहार बन्द गर्न माग राख्दै आफूहरूले मुद्दा हालेको न्याय मन्त्रालयका एकाधिकार विरोधी प्रमुख जोनाथन क्यान्छरले मंगलवार पत्रकार सम्मेलनमा भनेका छन् । मुद्दा हाल्ने राज्यमा न्यूयोर्क, क्यालिफोर्निया, भर्जिनिया आदि छन् ।

चर्को प्रतिस्पर्धा भएको विज्ञापन प्रविधि क्षेत्रमा को हरुवा हुने अनि को जितुवा भन्ने छान्नका लागि मुद्दा हालिएको गूगलले एउटा ब्लग पोष्टमा बताएको छ । यो खबर आएपछि अल्फाबेटको शेयर मूल्य २ दशमलव ६ प्रतिशतसम्म घटेको थियो ।

सोमवारसम्मको एक वर्षमा कम्पनीको शेयर मूल्य २३ प्रतिशतले घटेको यो नाष्डाक १०० परिसूचकमा उच्च कमी बेहोर्ने कम्पनी बनेको छ । जुनसुकै उद्योगको जुनसुकै कम्पनी होस् मन्त्रात्रालयले एकाधिकार विरोधी नियम कठोरतापूर्वक लागू गर्ने महान्यायाधिवक्ता मेर्रिक गार्लान्डले पत्रकार सम्मेलनमा भनेका थिए ।

यो अमेरिकाको सबैभन्दा ठूलो प्रविधि कम्पनीको शक्तिलाई चुनौती दिने राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारको पहिलो कदम हो । न्याय मन्त्रालयले ठूला कम्पनीलाई व्यवसाय टुक्रयाउन भनेको यो सन् १९८० को दशकयता पहिलो पटक हो । त्यतिबेला बेल टेलिकम सिष्टमलाई टुक्राउन मन्त्रालयले आदेश दिएको थियो ।

अमेरिकाको २ खर्ब ७८ अर्ब ६० करोड डलरको डिजिटल विज्ञापन बजारमा गूगलको वचर्श्व छ । अनलाइन विज्ञापनमा किन्न, बेच्न प्रयोग गरिने अधिकांश प्रविधि गुगलकै छ । अनलाइन विज्ञापनमा खर्च भएको हरेक डलरमध्ये ३० सेन्ट गुगलकै पोल्टामा आउने मन्त्रालयले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)