ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रभावकारी गलैँचा नीति माग

२०७९ माघ, १२  
१० वर्ष अघि
Tvs Raider NA

नेपाली गलैँचाको विकास तथा निर्यात प्रवर्द्धनका लागि प्रभावकारी नीति ल्याउन केन्द्रीय गलैँचा उद्योग संघले सरकारसँग माग गरेको छ । संघले वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझासमक्ष  गलैँचा उद्योगको विकासका लागि विभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेपाली गलैँचाको खस्कँदो निर्यातलाई ध्यानमा राखी यो उद्योगको प्रवर्द्धन र निर्यात अभिवृद्धिमा सहयोग पुग्ने गरी स्पष्ट नीतिको आवश्यकता भएकाले सरकारसँग माग राखिएको संघका कार्यकारी सचिव गिरिराज ज्ञवालीले अभियानलाई बताए । संघले नेपाली गलैँचाको दिगो विकास, संरक्षण र स्थायित्वका लागि सरकार र निजीक्षेत्रको संयुक्त लगानी विकल्प हुन सक्ने भएकाले यस सम्बन्धमा उपयुक्त वातावरण सृजना गर्नसमेत माग गरेको छ । संघले हालै तयार गरेको एक अध्ययन प्रतिवेदनलाई नयाँ नीतिको आधार बनाउन पनि सुझाव दिएको छ ।

अन्तरराष्ट्रिय बजारमा नेपाली गलैँचा लोकप्रिय हुनुका साथै यसको छुट्टै पहिचान पनि भएको भन्दै गलैँचासम्बन्धी कारोबार गर्ने अमेरिकी कम्पनी लेबल स्टेपका निर्देशक म्याग्डनेला स्ट्राइनरले संघलाई एक अध्ययन प्रतिवेदन बुझाएका छन् । हाल नेपालमा रहेका स्ट्राइनरले नेपाली गलैँचाको विकासका लागि स्पष्ट नीति आवश्यक भएकाले पहल गर्न संघलाई सातबुँदे प्रतिवेदन बुझाएका हुन् ।

‘हामीले लेबल स्टेपको प्रतिवेदनमा आवश्यक परिमार्जन तथा विषयवस्तु थप गरी सरकारलाई बुझाएका छौं,’ ज्ञवालीले भने ।

वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)